
पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन् ।

Comment here