logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६८ लाख नाघ्यो


अंकुरण खबर
728
Shares

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ६८ लाख नाघेको वल्डोमिटर्सको बिहानको तथ्यांकले जनाएको छ ।

विश्वमा एकैदिन ६ लाख ११ हजार २ सय ४५ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ६ करोड ६८ लाख २५ हजार १९ पुगेको हो ।

विश्वमा एकैदिन १० हजार ४४ जना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख३३ हजार ६ सय ८८ पुगेको छ ।

त्यस्तै विश्वका ४ करोड ६२ लाख २२ हजार ९ सय ८३ जना संक्रमितले कोरोनालाई जितेका छन् ।