logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्दै


अंकुरण खबर
1.43K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आज अपरान्ह १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटी बैठक बस्ने भएको हो । आजको बैठकमा पार्टीको संकट र यसको निवारण सम्बन्धमा छलफल गरेर निष्कर्ष निकाल्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीभित्र देखिएका समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन स्थायी कमिटीको छलफलको विषय हुने छ । गत कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

त्यसको प्रतिउत्तरमा मंसिर १३ गतेको बैठकमा ओलीले ३८ पृष्ठको छुट्टै प्रस्ताव ल्याउएका थिए । दुबै अध्यक्षको प्रस्तावमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेका कारण नेकपाभित्रको विवाद थप चर्किदै गएको छ ।