logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो


अंकुरण खबर
1.534K
Shares

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएसँगै मृतकको कुल संख्या ३०१ पुगेको हो ।

यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म  विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा  ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९१  प्रतिशत रहेको हो ।

हालसम्म नेपालमा मात्र २ लाख ३९ हजार ८ सय ८५ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख २४ हजार ५३ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर  ९२ दशमलव ३ प्रतिशत रहेको छ ।  नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ५ सय ७७ जनाको ज्यान गएको छ ।