logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था नवीकरणको लागि निवेदन दिन मन्त्रालयको आग्रह


अंकुरण खबर
2.574K
Shares

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न मन्त्रालयको आग्रह गरेको छ ।

वैदेशिक रोजगार नियमावली २०६४ बमोजिम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र संस्था नवीकरण गरिसक्नुपर्ने भएकाले समयमै तोकिएको दस्तुर बुझाइ नवीकरण गर्न मन्त्रालयले आग्रह गरेको हो ।

एभरेष्ट बैंक, सिंहदरबार शाखाको ००१००१०६२००००० खाता नम्बरमा तोकिएको दस्तुर रकम जम्मा गरी त्यसको भौचर र साथमा आवश्यक कागजातसहित पौष एक गतेदेखि पौष मसान्तभित्र मन्त्रालयमा सूचीकरण नवीकरणको लागि निवेदन दिनुपर्ने मन्त्रालयले जनाएको छ ।

निवेदनसाथ पेश गर्नुपर्ने कागजात र विवरहणहरु नोटरी पब्लिकको कार्यालयबाट प्रमाणित गरी पेश गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।