logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कामका लागि भारत हिँडेका डोटीका एक व्यक्ति जंगलमा मृत भेटिए


अंकुरण खबर
624
Shares

डोटीको पूर्वीचौकी गाउँपालिका–७ गोजेडाको जङ्गलमा ४० वर्षीय देवबहादुर साउद मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार गएको १२ गते कामका लागि भारत जाने भन्दै साउद घरबाट हिँडेका थिए। आज कुहिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरीले साउदको मृत्युबारे छानबिन सुरु गरेको छ ।