logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा


अंकुरण खबर
1.742K
Shares

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकलाई मध्यनजर गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ छ ।

यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ। अहिले धुम्बाराही क्षेत्रको सुरक्षा व्वस्था अत्यान्त कडा पारिएको छ । यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।

नेकपामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबिचको विवाद उत्कर्षमा पुगेको बेला आज धुम्बाराहीमा बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे बस्ने भनिएको भएपनि शुरु भएको छैन ।  नेताहरुले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको प्रतिक्षा गरिरहेका छन् ।

बैठकमा दुई अध्यक्षका राजनीतिक प्रस्तावहरू पेश हुनेछन्। बैठकको माग गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ५ नेताले लेखेको पत्र, त्यसको जवाफमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको पत्र र प्रचण्डको पत्र समेत बैठकमा पेस हुनेछ ।