logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओली अनुपस्थित


अंकुरण खबर
676
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको छ ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेको बताइएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले बालुवाटारमै आन्तरिक छलफलमा रहेको बताइएको छ ।

शनिबारको सचिवालय बैठकमा स्थायी कमिटी बैठकका बारेमा असहमति राखेका प्रधानमन्त्री ओली आजको बैठकमा अनुपस्थित भएका हुन् ।

ओलीले बहुमत अल्पमतको निर्णय नमान्ने भन्दै अहिलेका कमिटी अन्तरिम कमिटी भएको बताएका थिए । आफुलाई घेराबन्दी गरिएको आरोप लगाउदै स्थायी कमिटीको बैठकका बारेमा असहमति जनाएका थिए ।

शनिबारको सचिवालय बैठकले बहुमतले आजको स्थायी कमिटी बैठक बोलाएर दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने निर्णय गरेको थियो ।