logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

रुपन्देहीमा २ जना संक्रमितको मृत्यु


अंकुरण खबर
806
Shares

रुपन्देहीमा आइतबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवलमा रहेको कोरोना अस्थायी अस्पताल र भैरहवास्थित भिम अस्पतालमा १/१ गरी २ जनाको मृत्यु गएको हो ।

सैनामैना नगरपालिका–१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । मंसिर ९ गते संक्रमण पुष्टि भएकी उनलाई मंसिर ११ गते अस्पताल भर्ना गरिएको थियो ।

यस्तै भैरहवामा उपचाररत तिलोत्तमा नगरपालिका–१४ का ८४ वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलले जानकारी दिए ।

मृतक पुरुषमा मंसिर १० गते संक्रमण पुष्टि भएको थियो ।