logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालभर थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १७५२ जना डिस्चार्ज


अंकुरण खबर
767
Shares

देशभर पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालभर ६ हजार ४९५ जनाको नमुना परीक्षण गर्दा १०९६ जनामा संक्रमण पु्ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योससहित देशभर हालसम्म दुई लाख ४० हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

त्यस्तै, आज १७५२ जना निको भइ डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या दुई लाख २५ हजार ८०५ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ रहेको छ ।