logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द


अंकुरण खबर
1.092K
Shares

साताको पहिलो कारोबार दिन सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ।

सेयर बजार ६ प्रतिशतले घटेपछि आइतबारका लागि कारोबार बन्द भएको हो।  २०५१ बाट सुरु भए लगत्तै बजार ओरालो लागेको थियो। २ बजेपछि तीव्र ओरालो लाग्दा तोकिएको समयसम्म कारोबार हुन पाएन।

आइतबार परिसूचक १२३ अंकले घटेको छ। तर कारोबार भने ७ अर्ब २० करोडभन्दा बढी भएको छ।  घटेको बजार १९३२.११ अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ अंकमा सिमित भएको छ।