सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज छापावाला सुनको मुल्य तोलामा एक सयले घटेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ । त्यसैगरी सोमबार चाँदीको मुल्य तोलामा ५ रुपैयाले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको छ ।