logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेस सांसद आफताव आलमका भाई भारतबाट पक्राउ, आजै नेपाल ल्याईंदै


अंकुरण खबर
767
Shares

रौतहटको राजपुर बमकाण्डका आरोपित काँग्रेस सांसद मोहम्मद आफ्ताव आलमका भाइ मोहम्मद महताव आलम पक्राउ परेका छन् ।

उनलाई भारतीय प्रहरीको समन्वयमा मोतिहारीबाट पक्राउ गरिएको हो । पक्राउ परेका महताव आलमलाई आजै रौतहट ल्याईंदैछ ।

०६४ चैत २७ मा रौतहटमा भएको बम विष्फोटको घट्नामा महताव फरार थिए । घट्नाका मुख्य योजनाकार काँग्रेस सांसद तथा पूर्वमन्त्री आफ्ताव पुर्पक्षका लागी नख्खु कारागारमा छन् । प्रहरीले आफ्तावलाई ०७६ असोज २७ मा पक्रेर मुद्दा चलाएको थियो ।

२७ चैत ०६४ मा संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा आलमका काका शेख इन्द्रिसको घरमा विष्फोट भएको थियो । सो विस्फोटमा घाईते २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरलाई आफ्तावको दाजुभाईको समूहले ईट्टाभट्टामा जिउँदै जलाएको आरोप छ ।