logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सगरमाथाको नयाँ उचाइ भोलि घोषणा गरिँदै


अंकुरण खबर
1.443K
Shares

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार घोषणा हुँदै छ।

फिल्ड सर्वेक्षणबाट तथ्यांक र चीन सरकारसँग समेत छलफल भइसकेकाले मंगलबार दुई देशका तर्फबाट संयुक्त रुपमा उचाइ घोषणा गर्न लागिएको नापी विभागले जनाएको छ।

कार्यक्रममा उचाइ मापनमा योगदान दिने विभिन्न व्यक्तित्वलाई सम्मान गरिने विभागका महानिर्देशक प्रकाश जोशीले जनाएका छन्। नापी विभागको नेतृत्वमा सगरमाथाको उचाइ नाप्ने काम गत जेठमा सकिएको थियो। ‘ग्लोबल न्याभिगेसन स्याटेलाइट सिस्टम’ को प्रयोग गरी उचाइ नापिएको हो।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको समयमा सगरमाथाको उचाइ संयुक्त रुपमा घोषणा गर्न वैज्ञानिक अध्ययन गर्ने सम्झौता भएको थियो। चीनले पनि गत वैशाखमा सगरमाथाको उचाइ नापेको छ। अब चीनसँगको सहमतिपछि उचाइ सार्वजनिक हुने छ।

२०७२ को भूकम्पले सगरमाथाको उचाइमा घटबढ भएको हुनसक्ने अनुमान गरिए पनि उचाइ घटेको वा बढेको जानकारी गराइएको छैन। सगरमाथाको यसअघिको उचाइ ८८४८ मिटर हो।