logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु


अंकुरण खबर
1.196K
Shares

बाँकेमा बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बर्दियाको गेरुवा गाउँपालिका-५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा-४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीले जनाकारी दिए  ।

बर्दियाका ७२ वर्षीय पुरुषको आइतबार राति १:११ बजे मृत्यु भएको हो । मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै कञ्चनपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान १:४५ बजे मृत्यु भएको हो । मंसिर १२ गते सेती अस्पतालमा स्वाब परीक्षण गराएका उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा थप समस्या देखिए पछि मंसिर १५ गते उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।