logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको निधन


अंकुरण खबर
1.3K
Shares

गीतकार तथा सङ्गीतकार जगत मर्दन थापाको ८५ वर्षको उमेरमा आज निधन भएको छ ।

कोरोना सङ्क्रमण कारण अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका थापाको आज बिहान काठमाडौँको नर्भिक अस्पतालमा निधन भएको हो ।

गीत लेखन, गायन र सङ्गीत भर्न समेत सिपालु थापाका आसाको दियो बालेर, माया लुकाई लुकाई, जुनेली रातमा लगायत दुई दर्जनभन्दा बढी गीतहरू रेडियो नेपालको स्टुडियोमा रेकर्ड गरिएका छन् ।