logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्याक्टरबाट लडेर युवकको मृत्यु


अंकुरण खबर
1.508K
Shares

इलामको देउमाई नगरपालिका-८ फुटानी चोकमा ट्याक्टरबाट लडेर एक जना युवकको मृत्यु भएको छ।

देउमाई नगरपालिका-३ पानिटारका ३१ वर्षीय अर्जुन खातीको आइतबार राति लडेर मृत्यु भएको हो। मे १ त ४७१९ नम्बरको ट्याक्टरबाट लडेर उनी गम्भीर घाइते भएका थिए।

उनको जिल्ला अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।