logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्वतका कोरोना संक्रमित पुरुषको पोखरामा मृत्यु


अंकुरण खबर
1.274K
Shares

कस्कीको पोखरामा पर्वतका एकजना कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतको फलेबास नगरपालिकाका ३८ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आइतबार राति १२:४५ बजे मृत्यु भएको हो । उनीमा मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।