logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २० संक्रमितको मृत्यु


अंकुरण खबर
754
Shares

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १६ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार २ सय २० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ९० हजार ७ सय ३९ पुगेको छ।

हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।