logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुँदै


अंकुरण खबर
936
Shares

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदैछ ।

नेपाल सरकारले पहिलो पटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

विभागले रु १३ करोड खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापनकार्य सम्पन्न गरेको थियो । विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

विभाग स्रोतका अनुसार यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर छ । हाल कति बढेको भन्ने अहिले बाहिर ल्याइएको छैन । विभागले दिउँसो १ः३० मा पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने कार्यक्रम तय गरेको विभागका सूचना अधिकारी दामोदर ढकालले जानकारी दिए ।