logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकैदिन तोलामा १५०० ले बढ्यो सुन


अंकुरण खबर
676
Shares

मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको हो ।

छापावाला सुन मंगलबार एकैदिन तोलामा १५०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुन तोलामा ९३ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । यस्तै सोमबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी ३० रुपैयाँले बढेर मंगलबार प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको छ ।