logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओरालो लाग्यो शेयर बजार


अंकुरण खबर
676
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) घटेको छ ।

आज नेप्से ९.४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलब ३५ विन्दुमा थामिएको छ भने ५ अर्ब ७१ करोड ९४ लाख ३६ हजार ३८४ रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर र म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह घटेका छन् ।

सोमबार शेयर बजार ७२.२८ अंकले बढेको थियो भने साताको पहिलो दिन १२३ अंकले घटेर कारोबार समय ४५ मिनेट बाँकी रहँदै बजार बन्द भएको थियो ।