logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ५९४ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

काठमाडौं उपत्यकामा थप ५९४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२ जना,  भक्तपुरमा ६९ जना र ललितपुरमा ११३ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, मंगलबार नेपालमा थप १३८२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।