logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ८ हजार ४७ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
1.157K
Shares

देशभर ८ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

आज देशभर १२ हजार ६ सय ८६ जना सक्रिय संक्रमितमध्ये ८ हजार ४७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५ सय ८० जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १ हजार ११५, प्रदेश २ मा १६२, लुम्बिनी प्रदेशमा १ हजार १०२, सुदूरपश्चिम प्रदेशमा ६३५, गण्डकी प्रदेशमा ३६९ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।