logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

५८ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर


अंकुरण खबर
1.378K
Shares

मंगलबार नेपालभर ४१२ जना कोरोना संक्रमित आईसियू तथा भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यीमध्ये ५८ जना संक्रमित गम्भीर अवस्थामा भेन्टिलेटरमा छन्।

३५४ जना संक्रमित भने आईसियुमा उपचाररत छन्। मन्त्रालयका अनुसार आईसियु तथा भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा धेरै बागमती  प्रदेशमा १३८ जना आईसियु र ३८ जना भेन्टिलेटरमा छन्।

प्रदेश १ मा  ३८ जना आईसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश २ मा ९ जना आईसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ९७ जना आईसियु र ८ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।

लुम्बिनी प्रदेशमा ५६ जना आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा ९ आइसियुमा र सुदूरपश्चिममा ७ जना आईसियु र २ जना भेन्टिलेटरमा उपचाररत छन्।

नेपालमा २ लाख ४३ हजार ३७७ जना कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख २९ हजार ५४ जना संक्रमणमुक्त भएका छन्।