logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकामा एकैदिन दुई हजार ८ सय ३२ जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.274K
Shares

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकैदिन दुई हजार ८ सय ३२ जनाको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ ।

योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ९३ हजार ३ सय ३३ पुगेको छ ।

त्यस्तै अमेरिकामा एकैदिन एक लाख ९९ हजार ६ सय ८१ जनामा संक्रमण देखिएको छ । हालसम्म कुल संक्रमितको संख्या एक करोड ५५ लाख ८३ हजार २ सय ६९ पुगेको छ ।

त्यस्तै अमेरिकामा ९० लाख ७८ हजार ४ सय ७५ जना संक्रमित उपचारपछि निको भएका छन् ।