logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विगत ९ महिनादेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने


अंकुरण खबर
2.405K
Shares

विगत ९ महिनादेखि (गत चैत ७ गतेयता) बन्द रहेको सदर चिडियाखाना भोलि बिहिबार देखि खुल्ने भएको छ ।

चिडियाखानाका प्रमुख डा. चिरञ्जीविप्रसाद पोख्रेलका अनुसार सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको हो।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने उनले बताए।

एकपटकमा ७ सयदेखि ८ सयजनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउनेछन् । भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने छ।