logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पद सम्हालेको सय दिनमा दश करोड अमेरिकीलाई खोप दिने बाइडेनको वाचा


अंकुरण खबर
2.444K
Shares

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफुले पद सम्हालेको एक सय दिनमा १० करोड अमेरिकीलाई कोभिड विरुद्धको खोप दिने प्रतिबद्धता जनाएका छन् ।

आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने भएपनि संक्रमणको अवस्थामा सुधार ल्याउने वाचा उनले गरेका हुन् ।

जनवरी २० मा कार्यकाल शुरु गर्दा हुने स्वास्थ्य कार्यदललाई परिचय गराउदै उनले एक सय दिनसम्म मास्क लगाउन आग्रह पनि गरे ।

यसैबीच अमेरिकी नियामकले फाइजर र बायोएन्टेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । औपचारिक निर्णयका लागि एफडिएको बैठक बिहीबार हुँदैछ ।

त्यस्तै राष्ट्रपति ट्रम्पले अमेरिकामा निर्मित खोपमा अमेरिकी नागरिकहरूलाई पहिलो प्राथमिकता दिइने काम सुनिश्चित गर्नका लागि एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अन्य देशमा खोप पठाउने सम्झौता गरिसकेका उत्पादकहरूका हकमा सो आदेशले कसरी काम गर्छ कि गर्दैन भन्ने अझै खुलेको छैन । उनले केही दिनमा नियामक खाद्य तथा औषधि निकायले खोपको प्रयोगका लागि स्वीकृति दिनेमा आफू आशावादी भएको उल्लेख गरेका छन् । एजेन्सी