हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पूर्वी भू-भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकी स्थानहरुमा मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
यस्तै राति प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।
सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ, भने तराई क्षेत्रमा बिहान हुस्सु लाग्ने भएकोले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले आग्रह गरेको छ ।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशलमव २ डिग्री सेल्सियस र अधिकतम तापक्रम २० दशमलव २ डिग्री सेल्सियस रहेको छ । अहिलेको तापक्रम ११ डिग्री सेल्सियस रहेको छ।