बुधबार सुनचाँदीको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ ।
बुधबार छापावाला सुन तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार एकैदिन छापावाला सुन तोलामा १५ सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेर ९२ हजार ९५० तोकिएको छ । आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार एक हजार २३५ मा कारोबार भएको चाँदी आज एक हजार २१५ मा कारोबार भइरहेको छ ।