logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अख्तियारको स्टिङ अपरेसनविरूद्ध परेको रिटमा आज पनि संवैधानिक इजलासमा सुनुवाइ हुँदै


अंकुरण खबर
663
Shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अपरेसन’ विरूद्ध परेको रिट उपर आज पनि संवैधानिक इजलासमा पेशी तोकिएको छ ।

पटक पटक संवैधानिक इजलासमा सुनुवाइ भइरहे पनि अहिलेसम्म उक्त मुद्दाको टुंगो लागिसकेको छैन । अख्तियारले गर्दै आइरहेको स्टिङ अपरेसनविरूद्ध अधिवक्ता विष्णु घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आज बुधवार पनि उक्त रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की,  मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासमा पेशी तोकिएको हो ।

उक्त रिट निवेदनमा कानुन व्यवसायीका तर्फबाट बहस सकिएको छ भने सरकारी वकिलहरुको तर्फबाट बहस सकिएको छैन। आज पनि बहस गर्ने र बहस सकिएमा संवैधानिक इजलासबाट आदेश आउन सक्ने स्रोतले जनाएको छ ।

यसअघि संवैधानिक इजलासमा भएको सुनुवाइमा मुद्दालाई हेर्दाहेर्दैमा राखिदै आइएको छ । अख्तियारले गर्दै आएको अपरेशन संविधान र कानुनविपरीत भएको रिट निवेदनकर्ताको ठहर छ ।

अख्तियारले गत वर्ष आर्थिक वर्षमा विशेष अदालतमा दायर गरेका ४ सय ४० वटा भ्रष्टाचार मुद्दामध्ये १ सय ८१ वटा मुद्दा स्टिङ अपरेसनका छन् ।