गोरखास्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर आइतबारदेखि खुल्ने भएको छ ।
कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेको मन्दिर मंसिर २८ गतेदेखि सुरक्षा मापदण्ड पालना गरी खुल्ला गर्न लागिएको हो ।
यसअघि मन्दिरमा दैनिक पूजारीले पुजाआजा गर्दै आएपनि भक्क्तजनलाई भने रोक लगाइएको थियो ।