logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १४ संक्रमितको मृत्यु


अंकुरण खबर
975
Shares

नेपालमा एकैदिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज एकै दिन १ हजार ५६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । कुल संक्रमितमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ६ हजार २ सय ८६ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५ हजार ९ सय ७२ पुगेको छ ।

हाल ५ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।