logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा निसासिएर १ जनाको मृत्यु, ३ जना बेहोस


अंकुरण खबर
793
Shares

सिरहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बिष्णुपुर गाउँपालिका वडा न ४ थल्हाकटहामा ट्वाइलेट सफा गर्ने क्रममा निसासिएर कलियानपुर नगरपालिका १ निवासी  ५० वर्षीय सुरज पासवानको मृत्यु भएको हो । घटनामा ३ जना बेहोस भएका छन् ।

करिब २० दिनअघि बनाइएको टोइलेट्को हदको ढक्कन खोलेर सफाइ गर्न प्रवेश गरेपछि अक्सिजन अभावले बेहोश भई एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलयका अनुसार घाइते हुनेहरुमा  सिरहाको सुखिपुर नगरपालिका ५ निवासी १८ वर्षीय राम सिहहेश्वर सदा, कलियानपुर नगरपालिका १  निवासी ४७ वर्षीय देवनारायण पासवान र स्थनिय राम औतार पासवान रहेका छन् ।

मृतकलाई निकाल्न प्रवेश गरेका  तीन मजदुर पनि बेहोस भएको स्थानीय हरिनारायन यादवले बताए ।  घइते तिनैजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्वाइलेट हदमा अक्सिजन अभावभएपछि पंखा चालाएर बेहोस भएकाहरू सँगै मृतकलाइ पनि स्थानीयले  निकालेका थिए । मृतकको शव पोस्टमार्टमका लागी जिल्ला अस्पताल सिरहा लगिएको प्रहरीले जनाएको छ।