logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट दैलेखका ८७ बर्षे पुरुषको सुर्खेतमा मृत्यु


अंकुरण खबर
663
Shares

कोरोना संक्रमणबाट सुर्खेतमा एक जना मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–५ का ८७ बर्षे पुरुष छन् । उनको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान ८ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंसिर १५ देखि अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि चिनीरोगबाट ग्रसित थिए । उनलाई सुरुदेखि नै आइसीयूमा राखेर उपचार गरिएको थियो ।

योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।