logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा नेता कमानसिंह लामाको निधन


अंकुरण खबर
1.443K
Shares

नेपाल कम्यिनस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्व राजदूत कमानसिंह लामाको कोरोना भाइरस संक्रमणबाट बिहीबार विहान निधन भएको छ ।

६९ वर्षका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा ९चौम०बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक सदस्य बनेका थिए ।

२०६३ सालमा पुनर्स्थापित संसद सदस्य रहेका लामाले केही समय दक्षिण कोरियाका लागि नेपाली राजदूतको रुपमा पनि नि काम गरे । लामा हाल नेकपाको आदिवासी जनजाति संगठन आदिवासी जनजाति महासंघ, नेपालका सहइन्चार्ज थिए । लामाका दुई श्रीमती, १ छोरा र ४ छोरीहरु छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न लामाको अभाव महसुस हुने बताए ।