logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस पदाधिकारी बैठक : शिक्षकका हत्यारालाई कारबाही गर्न माग


अंकुरण खबर
559
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकमा पूर्वपदाधिकारी पनि उपस्थिति थिए ।

बैठकले मोरङमा गरिएको शिक्षक हत्याको विरोध गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेसले हत्यारालाई कडा कारबाहीको माग पनि गरेको छ । व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरिएको छ ।

मंसिर २३ गते मोरङमा एक शिक्षकको हत्या गरिएको थियो । हत्याको जिम्मेवारी प्रतिबन्धित विप्लव समूहले लिइसकेको छ ।

त्यस्तै, कांग्रेस बैठकले मंसिर २९ मा ७७ जिल्लाको प्रदर्शनमा सहभागिताका लागि अपील गरेको छ । बैठकमा क्रियाशील सदस्य एवं जनसम्पर्क समितिबारे जरुरी छलफल गरिएको शर्माको भनाइ छ ।