logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि, १०६४ जना डिस्चार्ज


अंकुरण खबर
1.105K
Shares

नेपालमा बिहीबार थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२३२ जनामा गरिएको परीक्षणमा १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।

त्यस्तै, आज १०६४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या दुई लाख ३१ हजार ६०१ पुगेको छ ।

बिहीबारसम्म देशभर १२ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन् ।