काठमाडौं उपत्यकामा बिहीबार ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२८ जना, ललितपुरका ५१ जना र भक्तपुरका २५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
त्यस्तै, देशभर बिहीबार १२१७ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।