logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १२ कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.378K
Shares

नेपालमा आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज एकै दिन १ हजार २ सय १७ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ ।

गत २४ घन्टामा ७ हजार २ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख १३ हजार २ सय ४ पुगेको छ ।

हाल ५ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।