logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल-भारतबीच हवाई उडान शुरु हुने, नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्न पाउने


अंकुरण खबर
1.274K
Shares

कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने भएको छ ।

एयर बबल उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको भारतीय राजदूतवासले जानकारी दिएको छ ।

केही समय अगाडि नेपालले भारतको दिल्ली उडान गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा नेपालले भारतसँग नियमित उडान खुला विषयमा पत्र पठाएको थियो । भारतको एयर इन्डिया र नेपालको नेपाल एयरलाइन्सले उडान गर्ने पाउने गरी सहमति दिएको हो ।

नेपालसँग भारतले दसैंअगाडि नै एयर बबल उडान गर्ने प्रस्ताव पठाएको थियो । तर, उक्त समयमा नेपालले सहमति दिएको थिएन। एयर बबल उडानमा भारतीय र नेपाली नागरिक मात्रै हुनु पर्नेछ ।