logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ७७२१ जना कोरोना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
1.404K
Shares

देशभर हाल ७ हजार बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

१२ हजार ३ सय ८६ कुल संक्रमितमध्ये ७ हजार ७ सय २१ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकी ४ हजार ६ सय ६५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।

होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमती प्रदेशमा मात्र ४ हजार ३ सय ७८ जना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रदेश १ मा १ हजार ६३, प्रदेश २ मा १ सय ३६, गण्डकी प्रदेशमा २ सय ६१, लुम्बिनी प्रदेशमा १ हजार ५२, कर्णालीमा ७६ र सुदूरपश्चिममा ७ सय ५५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।