logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा ६८ वर्षीया वृद्धाको हत्या रिएको अवस्थामा शव फेला


अंकुरण खबर
1.586K
Shares

झापामा ६८ वर्षीया वृद्धाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

भद्रपुर नगरपालिकास्थित पाउपाथिभरा मन्दिर नजिक कलभर्टमा बुधबार राति ती वृद्धा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जबरजस्ती करणीपछि उनको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

वृद्धाको हत्या आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-४ बस्ने ३५ वर्षीय बिशाल बिर्जालाई बिहीबार बिहान पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बिर्जालाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।