logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उच्च हिमालमा हिमपात, प्रदेश-१ को पहाडमा वर्षा, काठमाडौंमा बदली


अंकुरण खबर
1.222K
Shares

काठमाडौं उपत्यकाको आजको न्यनूनतम तापक्रम ६.४ डिग्री सेल्सियस रहेको छ ।

बिहान साढे ६ बजे ६.४ डिग्री सेल्सिस मापन गरिएको तापक्रम दिउँसो बढेर १९-२१ डिग्री सेल्सियस पुग्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिइन् ।

उनका अनुसार आज विहान हाल प्रदेश–१, प्रदेश–२, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागहरुमा आंशिक बदली रहेको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात हुने जनाएको छ ।

प्रदेश-१ को पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैबीच आज राति देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

तराईका क्षेत्रमा बिहानको समयमा लागेको हुस्सु बिस्तारै फाट्दै जाने तर मौसममा आएको बदलीका कारण तापक्रममा गिरावट बढ्ने भन्दै विभागले चिसोबाट सतर्क रहन आग्रह गरेको छ ।