चितवनको इच्छाकामना-६ मा ना.४च ५०५० नम्बरको बस बिजुलीको पोलमा ठोक्किँदा दुई जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुलाई उपचारका लागि भरतपुर लगिएको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।