logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तानमा गोली हानेर एक पत्रकार महिलाको गरियो हत्या


अंकुरण खबर
663
Shares

अफगानिस्तानमा एक जना पत्रकार महिलाको हत्या गरिएको छ ।

पूर्वी अफगानिस्तानको एक स्थानीय टीभी रेडियोमा काम गर्ने एक महिला पत्रकार माइवन्द एनिकासको गोली हानी हत्या गरिएको हो ।

जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आततायी हत्याराको आक्रमणमा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिर पनि मारिएका छन् ।

हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन । माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् ।