logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

९ महिनादेखि बन्द नेपाल-भारत हवाई उडान पुस २ गतेदेखि खुल्ने


अंकुरण खबर
923
Shares

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)संक्रमण त्रासका कारण ९ महिानदेखि बन्द नेपाल–भारत हवाई उडान ९ महिनापछि संचालनमा आउने भएको छ ।

नेपाल र भारतबीच कुटनीतिकस्तरमा छलफलपछि गत चैत महिनादेखि बन्द भएको काठमाडौं–दिल्ली हवाई उडान पुस २ गतेदेखि आंशिक रुपमा सञ्चालन हुने भएको हो ।

जसमध्ये सुरुमा नेपाल र भारतका एक–एक वटा एयरलाइन्सले मात्रै उडान भर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार नेपालबाट नेपाल एयरलाइन्स र भारतबाट एयर इन्डियाले दैनिक एक–एक उडान गर्नेछन् ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको छ । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो ।

भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्न गाह्रो परेका नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो ।