logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाल्पामा युवतीलाई बलात्कारको आरोपमा एक जना पक्राउ  


अंकुरण खबर
1.209K
Shares

पाल्पामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका-५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली रहेका छन् ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई बुधबार राति जबरजस्ती करणी उद्योग गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।