logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बोलेरो बिजुलीको पोलमा ठोक्किदा दुईको मृत्यु, १८ घाइते


अंकुरण खबर
1.365K
Shares

चितवनमा बोलेरो बिजुलीको पोलमा ठोक्किदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

आज बिहान चितवनको ईच्छाकामना गाउँपालिका ६ जलबिरेस्थित सडकमा चण्डिभञ्जाङबाट राजमार्गतर्फ आइरहेको ना ४ च ५०५० नम्बरको बोलेरो बिजुलीको पोलमा ठोक्किएको हो । अनियन्त्रित भएर दुर्घटना दुई जनाको मृत्यु भएको र १८ जना घाइते भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी सूर्य थापाका अनुसार बोलेरो सडक छेउको बिजुलीको पोलमा ठोक्किदा करेन्ट सर्ट भएको थियो । दुई जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकामध्ये १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। तीनजनाको अवस्था गम्भीर रहेको चितवन मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले बताए।

घाइते अन्य पाँचजनाको  पुरानो मेडिकल कलेजमा उपचाररत भइरहेको छ। एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।