logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिक्षक हत्यामा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न मानव अधिकार तथा शान्ति समाजको आग्रह


अंकुरण खबर
1.677K
Shares

मानव अधिकार तथा शान्ति समाज नेपालले मोरङमा शिक्षक हत्याका दोषीलाई कानुनसम्मत् कारबाही गर्न आग्रह गरेको छ।

शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै समाजले मंसिर २३ गते मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपश्चात क्रूरतापूर्वक भएको हत्याको निन्दा गर्दै दोषीहरुलाई कानुनी कारबाही गर्न आग्रह गरेको हो।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची कोशी ब्युरोले विज्ञप्ति जारी गरी सो हत्याको जिम्मेवारी लिएको थियो।

समाजले हिंसात्मक राजनीति सभ्य समाजलाई स्वीकार्य नहुने समते बताएको छ। हिंसात्मक राजनीतिले जनआन्दोलनका उपलब्धि खण्डित गर्न चाहने र भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने भन्दै शान्तिपूर्ण बाटो अवलम्बन गर्न विप्लव नेकपालाई आग्रह समेत गरेको छ।

हिंसाको राजनीतिले एकातिर २०६२/६३ को जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई खण्डित गर्न चाहनेलाई र अर्कोतिर विभिन्न बहानामा भ्रष्टाचार र असक्षमतालाई ढाकछोप गर्न खोज्ने चरित्रलाई बल पुग्ने हुँदा हिंसाको मार्ग त्यागी शान्तिपूर्ण राजनीति अवलम्बन गर्न विप्लव नेतृत्वको नेकपालाई शान्ति समाज पुनः आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ।